‎नेपाल प्राकृतिक स्रोत र साधनले भरिपुर्ण देश किन दरिद्र ?‎

काठमाडौं, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवज्यूले नेपाल जस्तो प्राकृतिक स्रोत र साधनले भरिपूर्ण देश आज पनि गरिबीको चपेटामा हुनु अत्यन्त दुःखद् रहेको बताउनु भएकोछ। उहाँले देशमा चिन्ता पनि छैन, चिन्तन पनि छैन भन्दै यो विषयमा अब गम्भीर बहस आवश्यक रहेको धारणा राख्नुभयो। “नेपाललाई प्रकृतिले सबैथोक दिएको छ, तर हामी सम्पन्न बन्न सकेनौं। माटोसमेत नभएका, केवल बालुवा रहेका देशहरू सम्पन्न छन्, तर हामी पछाडि छौं – यसमा सोच्नुपर्ने बेला आएको छ,” उहाँले गुनासो गर्नुभयो । उहाँको भनाइमा, यो अवस्थाको मुख्य जिम्मेवार राज्य व्यवस्थामा बसेका नीति-निर्माता र नेतृत्व तहका व्यक्तिहरू हुन् जसले दीर्घकालीन सोच र योजनाको खाँचो पुरा गर्न सकेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *